प्रदेश

तौलिहवामा बन्जाडेवाट शुरु ,कपिलवस्तुमा कोरोना खोप तालिका यस्तो छ



कपिलवस्तु १४ माघ । कोरोना बिरुद्धको पहिलो चरणको अभियान अन्तर्गत पहिलो दिन कपिलवस्तु अस्पतालका ५६ र जिल्ला स्वास्थ्य कार्यालयका ५ कर्मचारी गरी कुल ६१ जनालाई खोप लगाइएको छ । खोप लगाउनेमा ४२ पुरुष र १९ महिला छन । कोरोना खोप समन्वय तथा अनुगमन समितिले बिहीवार कपिलवस्तु नगरपालिका र यशोधरा गाउपालिकाका स्वास्थ्यकर्मीैलाई जिल्ला स्वास्थ्य कार्यालय खोप केन्द्रमा नै खोप दिने गरी निर्णय गरेकोे कपिलवस्तु अस्पतालका डाक्टर गणेश क्षेत्रीले बताउनु भयो  । शुक्रवार बाणगंगा नगरपालिकाको पिपरामा खोप अभियान संचालन गरिनेछ ।


    १० पालिकामा सुचीकृत भएका १९ सय ९८ जनालाई खोप लगाईनेछ । अभियान १० दिन चल्नेछ । बुधवार खोप लगाएका सबै जना सुरक्षित र स्वस्थ्य रहेका छन । यसैबीच  कपिलवस्तुको तौलिहवामा बुधबारदेखि कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान सुरु भएको हो । तौलिहवास्थित जिल्ला स्वास्थ्य कार्यालयको परिसरमा खडा गरिएको खोप केन्द्रमा प्रजिअ तथा कोरोना खोप समन्वय तथा अनुगमन समितिका संयोजक दीर्घनारायण पौडेलले रिबन काटेर अभियानको शुभारम्भ गर्नु भएको छ  । कपिलवस्तु अस्पतालमा मेसु किशोर बन्जाडेले  कोरोना विरुद्धको  पहिलो खोप लगाउनु भएको हो । 

     पहिलो चरण अन्तर्गत जिल्लाका अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, तथा महिला स्वमसेविकालाई खोप दिइने प्रजिअ पौडेलले बताउनु भयो । कोरोनाविरुद्धको ’कोभिशिल्ड’ नामक ४५ सय डोज खोप लुम्बिनी प्रदेश मार्फत् जिल्ला स्वास्थ्य कार्यालयमा आएको थियो ।कपिलवस्तु अस्पतालका स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालयका कर्मचारीले खोप लगाएका छन्। अभियान १० दिनसम्म चल्ने छ। १० पालिका, ३ अस्पताल प्राथमिक सेवा उपचार केन्द्रमा रहेका स्वास्थ्यकर्मीलाई १० दिनसम्म चल्ने अभियानमा खोप लगाइने छ ।  खोपका लागि सूचीकृत गरिएका १ हजार ९९८ जनालाई मात्र पहिलो चरणमा लगाइने छ ।  खोप लगाएपछि आधा घन्टासम्म स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिने छ ।

    कपिलवस्तु अस्पतालका डाक्टर अभिषेक तिवारीले खोप पुर्णरुपमा सुरक्षित रहेको र यसको उपयोगिता ७० प्रतिशत बढी रहेको बताउनु भयो ।  उहाँले  खोपले सामान्य बाहेक अन्य असर नगर्ने स्पष्ट पार्नु भयो ।  प्रजिअ पौडेलले खोप विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेकोले ढुक्कसंग लगाउन आग्रह गर्नु भएको छ । खोप लगाएपछि केही असर देखिए त्यसका लागि समेत टिम बनाइएको छ। 

प्रकाशित : १४ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६