सूचना र प्रविधि

वीपी राजमार्ग पुनर्निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण



काठमाण्डौ १५ माघ । जापान सरकारले निर्माण गरेको वीपी राजमार्ग पुनर्निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । बिहीवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भर्चुअल कार्यक्रममार्फत जापानले वीपी राजमार्ग नेपाललाई हस्तान्तरण गरेको हो ।काठमाण्डौलाई पूर्वी तराईसँग जोड्ने एक सय ६० किलोमिटर लामो वीपी राजमार्ग जापानले सन् १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरि नेपाललाई हस्तान्तरण गरेको थियो ।

हस्तान्तरण गरेको दुई महिना नबित्दै २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो ।भूकम्पपछिको पुनर्निर्माण पनि जापानले नै जिम्मा लिएको थियो । पुनर्निर्माणमा गिट्टी, बालुवाबाहेक धेरैजसो निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो ।कार्यक्रममा मन्त्री वसन्तकुमार नेम्वाङले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको भन्दै प्रशंसा गर्नुभएको छ ।  

प्रकाशित : १५ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६