प्रदेश

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाईको प्रतिरक्षा बहस सुरु



काठमाडौँ १९ माघ ।प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाईको क्रममा सोमबारदेखि प्रतिरक्षा बहस सुरु भएको छ । महान्यायाधीवक्ता अग्नि खरेलले सरकारका तर्फबाट सोमबार प्रतिरक्षा बहस सुरु गरेका हुन् ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गएको पुस ५ गते भएको प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै परेका रिटमाथि सर्वोच्च अदालतमा संवैधानिक इजलाशमा सुनुवाई जारी छ । रिट निवेदकका तर्फबाट कानून व्यवसायीको बहस आइतबार सकिएको थियो । त्यसपछि सोमबारदेखि प्रतिरक्षा बहस सुरु भएको हो ।

प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा १३ जनाको रिट निवेदन दर्ता भएको थियो। यी निवेदकका तर्फबाट करिब तीन सय जना कानून व्यवसायीले वकालतनामा भरे पनि करिब ७० जनाले मात्र बहस गरेका हुन् । सरकारी पक्षका तर्फबाट ११ जना सरकारी वकिल र त्यसबाहेक ८८ जना कानून व्यवसायीले वकालतनामा भरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध माघ ४ गतेदेखि संवैधानिक इजलाशमा बहस चलिरहेको छ।

प्रकाशित : १९ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६