काठमाडौ २० माघ ।संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। परिषद्का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि बैठक डाक्नुभएको थियो। बिहान ११ बजेका लागि डाकिएको बैठक साँझ ५ बजेका लागि सारिएको थियो। तर साँझ पनि बैठक नबस्ने भएको हो। भोलि बस्ने कुरा थियो। केही कारणले भोलि नबसेर अर्को दिन बस्ने हो कि भन्ने कुरा भैरहेको छ, परिषद् सदस्य समेत रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले भने, अर्को दिन बस्छ।संवैधानिक परिषद्मा प्रधानमन्त्रीसँगै, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख र प्रमुख प्रतिपक्षीदलका नेता सदस्य रहन्छन्। हाल प्रतिनिधि सभाको उपसभामुख पद रिक्त रहेको छ।
२० माघ २०७७, मंगलबार
प्रतिक्रिया