लुम्बिनी

खोप अभियानको आठौं दिन लुम्बिनी प्रदेशमा २१ हजार ४ सय ५४ जनाले खोप लगाए



बुटवल २१ माघ । नेपालमा कोरोना संक्रमण विरुद्धको खोप अभियानको आठौं दिन १ लाख ४५ हजार भन्दा बढी व्यक्तिले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांकका अनुसार खोप अभियानको ८ औं दिन २०१ वटा खोप केन्द्रबाट ७७ जिल्लाका १ लाख ४५ हजार ८४४ जना व्यक्तिले खोप प्राप्त गरेका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार प्रदेश १ मा २० हजार १५५ जना, प्रदेश २ मा १९ हजार ६६३, बागमती प्रदेशमा ५० हजार ७५० जनाले खोप लगाएका छन्।यस्तै गण्डकी प्रदेशमा १६ हजार ४९५, लुम्बिनी प्रदेशमा २१ हजार ४५४, कर्णाली प्रदेशमा ७ हजार ३२६ र सुदूरपश्चिममा १० हजार एक जनाले खोप लगाएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको खोप अभियानमा ४ लाख ३० हजार व्यक्तिलाई खोप लगाउने लक्ष्य राखेको थियो।

तर, खोप अभियानको एकसाता पुरा भइसक्दा खोप लगाउनको संख्या भने २ लाख पनि पुगेको छैन।स्वास्थ्य मन्त्रालयले अबको तीनदिन भित्रमा पहिलो चरणको खोप अभियान पुरा हुने जनाएको छ। पहिलो चरणमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमितको स्वास्थ्य उपचारका लागि खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने सुरक्षाकर्मी लगायतलाई खोप लगाइएको छ।

प्रकाशित : २१ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६