पर्यटन

कार्यपालिका सदस्यवाट गाउपालिकामा तालाबन्दी अध्यक्षको पुत्ला दोहन



दाङ २२ माघ ।दाङको राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको गाउँपालिका परिषद् भित्र पुत्ला दहन भएको छ । यथाशाक्य कार्यपालिका बैठक बोलाउन माग गर्दै र गाउँपालिकाले माग पूरा नगरी वेवास्ता गरेको भन्दै राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्याम रोकाको नेतृत्वमा एक्काइस जना कार्यपालिका सदस्यहरूले अध्यक्ष केसीको पुत्ला दहन गरेका हुन् ।

    बारम्बार आग्रह गर्दापनि कार्यपालिकाको बैठक नबोलाई जनताको काम नगरेर बन्धक बनाएको आरोप लगाउँदै गाउँपालिकामा बिहीबार गाउँपालिका परिषद् भित्र अध्यक्ष केसीको पुत्ला दहन गरीएको गाउँपालिका प्रवक्ता श्याम रोकाले जानकारी दिनुभयो । एकहप्ता अघि मात्रै वडा नम्बर ६ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्याम रोकाको नेतृत्वमा आफ्ना माग सहितको ज्ञापनपत्र गाउँपालिकामा बुझाएको थियो ।

    ज्ञापनापत्रमा गत आर्थिक बर्षमा सम्पन्न योजनाहरुको उपभोक्ताले भुक्तानी नपाएको,साधरण मावि गंगदीमा गठन गरिएको विद्यालय व्यवस्थान समीतिलाई गाउँपालिका आधिकारिता प्रर्दान नगरीएको, गाउँपालिकाबाट नदीजन्य पदार्थ मापदण्ड भन्दा दोब्बर उठान गर्दापनि निगरानी नवढाई राजश्व गुमाएको, गाउँपालिकाको वडा नम्बर ५को खेलमैदान र औद्योगिक क्षेत्रको सार्वजनिक जग्गालाई घरघडेरीको रुपमा विक्री वितरण गर्न खोजिएको, गाउँपालिकामा हालसम्म सार्वजनिक सुनुवाइ नगरीएको, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाको सिमा विवाद रहेपनि सिमा विवाद हल गर्न चासो नदिएको आरोप लगाउँदै तालाबन्दी यथासक्य कार्यपालिका बैठक बोलाउन माग गरिएको छ ।

    पुत्ला दहन गर्न गाउँपालिका अध्यक्ष लोकराज केसीले बाध्य बनाएको श्याम रोकाकाले बताउनुभयो । ज्ञापनापत्रमा गत आर्थिक बर्षमा सम्पन्न योजनाहरुको उपभोक्ताले भुक्तानी नपाएको,साधरण मावि गंगदीमा गठन गरिएको विद्यालय व्यवस्थान समीतिलाई गाउँपालिका आधिकारिता प्रर्दान नगरीएको, गाउँपालिकाबाट नदीजन्य पदार्थ मापदण्ड भन्दा दोब्बर उठान गर्दापनि निगरानी नवढाई राजश्व गुमाएको, गाउँपालिकाको वडा नम्बर ५को खेलमैदान र औद्योगिक क्षेत्रको सार्वजनिक जग्गालाई घरघडेरीको रुपमा विक्री वितरण गर्न खोजिएको, गाउँपालिकामा हालसम्म सार्वजनिक सुनुवाइ नगरीएको, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाको सिमा विवाद रहेपनि सिमा विवाद हल गर्न चासो नदिएको आरोप लगाउँदै तालाबन्दी यथासक्य कार्यपालिका बैठक बोलाउन माग गरिएको छ ।

गाउँपालिकामा पुनस् तालाबन्दी :

  ज्ञापनपत्रमा उल्लेखित माग गाउँपालिकाले सम्बोधन नगरेको भन्दै गाउँपालिका अध्यक्ष केसीको पुत्ला दहन पश्चात् कार्यपालिका सदस्यले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । बिहीबार गाउँपालिका प्रवक्ता श्याम रोकाको नेतृत्वमा एक्काईस जना कार्यपालिका सदस्यहरूले यथासक्य कार्यपालिका बैठक बोलाउन माग गर्दै र गाउँपालिकाको कार्यालयमा चारवटा तालाबन्दी गरेका हुन् ।

    यश अघि अभिभावक र उपभोक्ताद्वारा गाउँपालिका घेराउ गर्दै धर्ना दिएका दिएका थिए । धर्ना दिदै कार्यपालिका सदस्यहरूले आफुहरूको माग तत्कालै समाधान गर्न माग राखेका थिए । कार्यपालिका सदस्यले सोमबार लगाएको ताला प्रशासनले खुलाएको छ । गाउँपालिकाको आग्रहमा ताला खोलेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २३ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६