रुपन्देही २३ माघ ।रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका स्थित कोठी नदीमा रहेको सरस्वती निमाविका ५ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।महासिद्ध स्यानचुरी फर वल्र्ड पिस केन्द्रका परिकल्पनाकार श्यालपातेन्जिङ रिम्पोचेंले बिद्यार्थीहरुलाई वितरण गर्नु भयो ।उहाँले बिद्यार्थीलाई कापी, पेन्सिल र पिउने जुस वितरण गरेका थिए । बुद्ध जन्मस्थल लुम्बिनीकै आकर्षण थप्ने गरि महासिद्ध स्यानचुरी फर वल्र्ड पीस केन्द्र निर्माण गरिरहेका रिम्पोचेले बालबालिकालाई पठनपाठ्नमा थोरै भएपनि सहयोग पु¥याउन शैक्षिक सामग्री वितरण गरेका बताउनुभयो । ‘यो काम निरन्तर अघि बढाउछौं,’ उहाँले भन्नुभयो ,‘विषेश गरि गरिव विपन्न बस्ती भएका बुद्धस्थल आसपासका ठाउका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गछौं ।’ यस्ले करुणा, मैंत्री, सद्भाव र आदरभाव सिकाएर शान्ति शिक्षा प्रति अभिप्रेरित गर्न सहयोग पुग्छ उहाँले बताउनुु भयो । यो काम अब कपिलवस्तु र पश्चिम नवलपरासीमा पाि चलाईने उहाँले बताउनुभयो ।
२३ माघ २०७७, शुक्रबार








प्रतिक्रिया