सूचना र प्रविधि

२० दिनपछि खुल्यो तातोपानी नाका



काठमाडौं २७ माघ ।  सीमाको पुल मर्मतकालागि बन्द गरिएको नेपाल चीन व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । बाढीले क्षति पुर्‍याएको मितेरी मर्मत गर्न चिनियाँ पक्षले माघ ८ गतेदेखि उक्त नाका बन्द गरेको थियो ।बन्द भएको २० औं दिन पछि नाकाबाट दुईदेशीय व्यापार पुनः सुरु भएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले  बताउनुभयो ।‘तोकिएको मितिमा चिनियाँहरुले पुलको मर्मत सकेको र आजबाट दुईदेश बीचको ब्यापार पुनः सुचारु भएको  बताउनुभयो ।

आज चीनतर्फबाट माल वस्तु बोकेको ६ वटा कन्टेनर नेपालतर्फ आउँदै गरेको पनि खत्रीले बताउनुभयो ।चीनतर्फ लोड भएर रहेका थप ४ वटा मालबाहक कन्टेर भने भोली आउने उहाँको भनाइ छ । बाढीका कारण पुलको एकातर्फको स्परमा क्षति पुगेको र २० दिनसम्म चिनीयाँ प्राविधिकले मर्मत सम्भार गरेको भन्सार कार्यालय तातोपानीले जानाएको छ ।कोरोना, बाढी पहिरो जस्ता कारणले यो वर्ष दर्जनौंपटक तातोपानी नाका बन्द हुँदा नेपाल चीनबीच हुने व्यापर यस वर्ष प्रभावित भएको छ ।

प्रकाशित : २७ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६