अर्थ-वाणिज्य

प्रगतीशिल प्यानलको अग्रता कायम ,अध्यक्षमा कडा प्रतिस्पर्धा



कपिलवस्तु २७ माघ ।  उद्योग बाणिज्य संघ कपिलवस्तुको दोश्रो अपडेट अनुसार प्रगतीशिल प्यानलका टोपनारायण बेल्वासे र लोकतान्त्रिक प्यानलका डोलक राम घिमिरे बीच कडा प्रतिस्पर्धा देखिएको छ । भलवाड र पटनाको मत परिणाममा ७ मतले अघि देखिएको लोकतान्त्रिक प्यानलाई पछि पार्दै कोपवा र हथौसाको मत गणना पश्चात  प्रगतीशिल प्यानलका अध्यक्ष उम्मेदवार टोपनारायण बेल्वासेले १०६ मत ल्याउनु भएको छ । पदाधिकराी तर्फ सोही प्यानलको लगभग सबै पदमा अग्रता देखा परेको छ ।

    लोकतान्त्रिक प्यानलका अध्यक्ष उम्मेदवार  डोलकराम घिमिरेले १०४ मत ल्याउनु भएको छ । यो अत्यन्तै कडा प्रतिस्पर्धाको अवस्था हो । प्रगतीशिल प्यानलका पडक भएका गजेहडा ,पिपरा, बनगाई , वोडगाउ वाकी नै रहेकाले  लोकतान्त्रिक प्यानलको केहि पकड रहेको जीतपुर र बैरीया क्षेत्र वाहेक सकिदै गएकाले  प्रगीशिल प्यानलले अधिकांस पदाधिकारी जित्ने एक ब्यावसायीले दावि गरेका छन् ।  

प्रकाशित : २७ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६