खेलकुद

कपिलवस्तुमा पहिलोपटक राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने



कपिलवस्तु २८  माघ । कपिलवस्तुमा पहिलोपटक राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरास्थित हिलवर्ट इङलिस बोर्डिङ स्कुलको आयोजनामा ‘प्रथम हिलवर्ट राष्ट्रिय महिला भलिवल च्याम्पियन्स–२०७७’ हुने भएको हो । बुधबार पत्रकार सम्मेलन आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी गराईएको छ ।  ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, सबैको लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन  २ गतेदेखी ४ गते विद्यालयको प्राङगणमा राष्ट्रिय स्ुतरको महिला खुल्ला भलिवल च्याम्पिएयनीप हुने भएको विद्यालयका अध्यक्ष दीपक खनालले जानकारी दिनु भयो । प्रतियोगितामा काठमाण्डौ ,पोखरा ,रुपन्देही , लगाएतका जिल्लाहरुबाट गरि ८ टिमसहित खेलाडी आउने खनालले बताउनु भयो । प्रतियोगितामा विभागिय खेलाडीले पनि सहभागिता जनाउने छन् ।

विद्यालयका प्रवन्ध निर्देशक बुद्धि पौडेलका अनुसार प्रतियोगितामा विद्यालयतर्फ रुपन्देहीका कुँवरवर्ति बोर्डिङ तिलोत्तमा, बुटवलका एभरेष्ट, होराइजन ,दिप बोर्डिङ ,शान्त भलिवल क्लब पोखरा ,न्यू डायमन्ड एकेडेमी काठमाण्डौ लगायतका टिमले सहभागिता जनाउने छन् । कपिलवस्तु जिल्लामा महिला भलिवलको विकास गर्न पहिलोपटक राष्ट्रिय खेल आयोजना गरिएको अध्यक्ष खनालले बताउनु भयो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सासंद बिष्णु पन्थीको प्रमुख आतिथ्यतामा हुने छ । खेलको प्रचार प्रसार, कोर्ट निर्माण तथा अन्य तयारीका कामहरु द्रुत ढंगबाट भइरहेको प्रचार प्रसार संयोजक चन्द्रकान्त न्यौपानेले बताउनु भयो ।

प्रतियोगिताको विजेताले नगद १ लाख, उपविजेताले ७० हजार, तृतीयले ४० हजार तथा सान्तवना स्थान हासिल गर्ने टिमले २० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगितामा राष्ट्रिय स्तरका महिला खेलाडीहरु र रेफ्रिहरुको पनि सहभागिता रहने जनाईएको छ । प्रतियोगितामा बाणगंगा नगरपालिकाले सहयोग गरेको छ भने मुख्य प्रायोजकमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क जितपुर शाखा रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ लाग्ने पनि विद्यालयले जनाएको छ । विद्यालयस्तरमा महिला भलिवल खेल विकासमा यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने विद्यालयले अपेक्षा गरेको छ ।

प्रकाशित : २८ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६