पर्यटन

बुटवलमा ‘पौभा र थाङ्का’ चित्रकला प्रदर्शनी



बुटवल, २८ माघ । नेपाली चित्रकला पौभा र थाङ्का चिनाउन बुटवलमा सामूहिक चित्रकला प्रदर्शनी सम्पन्न भएको छ ।  पौभा र थाङ्का चित्रकला विश्वमै प्रसिद्ध रहेपनि नेपालीहरु नै यी चित्रकलाको विषयमा अझै अनभिज्ञ रहेकोले पौभा र थाङ्का चिनाउन दुई दिने प्रदर्शनी मंगलवार सकिएको हो ।   नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परम्परागत शिल्पकला विभागको आयोजनामा गरिएको दुई दिने चित्रकला प्रदर्शनीमा प्रदर्शनीमा नेपाली परम्परागत पौभा र थाङ्काका चित्रकलाहरु प्रदर्शन गरिएको थियो । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका परम्परागत शिल्पकला विभाग प्रमुख बुद्धिबहादुर गुरूङले विश्वमै प्रसिद्ध नेपाली कलाका विषयमा आम नेपालीलाई पनि जानकारी दिने र परम्परागत कला र आधुनिक कलाकारबीच अन्तरक्रिया गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताउनु भयो । उहाँले नेपाली पौभा चित्र विदेशमा लोकप्रिय र प्रसिद्ध भएपनि नेपाली बीच चिनाउनु आवश्यक रहेकोमा जोड दिनुभयो ।

नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष देवेन्द्र थुम्केलीले स्थानीय पाठ्यक्रममा स्थानीय कला र प्रविधिलाई प्राथमिकता दिनुपर्ने चर्चा गर्दै कला र संस्कृति संरक्षणका लागि हरेक स्थानीय तहले बजेट छुट्याउनु पर्ने धारणा राख्नुभयो ।प्रदर्शनीकै अवसरमा परम्परागत नेपाली चित्रकलाको वर्तमान अवस्था र विद्यमान कला शिक्षा विषयमा दुई कार्यपत्र प्रस्तुत भएको थियो । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले प्रतिष्ठानले बुटवलमा चित्रकला प्रदर्शनी गरेर नेपाली परम्परागत कलाको विषयमा जानकारी दिएको भन्दै बुटवल उपमहानगरपालिकाले पनि कला क्षेत्रको संरक्षणमा प्रयास गरिरहेको बताउनु भयो । प्रदर्शनीमा कलाकारहरू मन गोल्डी, पूर्ण ह्योजू, उदयचन्द्र श्रेष्ठ, एचबी रम्तेल, बुटवल उपमहानगर ८ का अध्यक्ष भीमबहादुर श्रेष्ठले नेपाली कलाको संरक्षण र विकासमा ध्यान दिन आग्रह गर्नुभएको थियो । 

प्रकाशित : २८ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६