खेलकुद

गोलपार्क क्रिकेट क्लवको बिजयी शुरुवात



बुटवल २९ माघ । बुटवल युथलाई ६६ रनले पराजित गर्दै गोलपार्क क्रिकेट क्लवले रुपन्देहीमा जारी सुपर लिग क्रिकेट प्रतियोगिताको बिजयी शुरुवात गरेको छ ।सिद्धार्थ रंगशालामा आज भएको खेलमा टस जितेर ब्याटिङमा आएको गोलपार्कले ३९ ओभर चार बलमा सबै विकेट गुमाउँदै दुई सय सात रन जोडेको थियो । जसमा रिक्की पुनले ४५, बिनोद रनपालले ३३, दिवन पुनले ३१ र हेमन्त ओलीले २८ रन जोडे । बलिङमा बुटवल युथका बिनित पौडेलले चार, सन्तोष परियार र सुजन गौतमले समान दुई\दुई विकेट लिए ।

जवाफी ब्याटिङ गर्न आएको बुटवल युथले मात्र एक सय ४१ रन बनाउँन सक्यो । ३३ ओभर तीन बलमा सबै विकेट गुमाउँदै ६६ रनको हार ब्यहो¥यो । उसकालागि सुजन गौतमले सर्वाधिक ३१ रन, सुमन थापा क्षेत्रीले २७ र बिनित पौडेलले २० रन बनाएका थिए । बाँकी खेलाडीले दोहोरो अंकपनि जोड्न सकेनन् । बुटवल युथलाई सस्तैमा रोक्न दिवन पुनले पाँच, रिक्की पुनले दुई, रिजन पछाई, आर्गिन सुबेदी र बिनोद रनपालले समान एक\एक विकेट लिए । म्यान अफ दी म्याच दिवन पुन घोषित भए । भोली सैनामैना क्रिकेट क्लव र स्टार क्रिकेट क्लवबीच प्रतिसपर्धा हुने छ ।    

प्रकाशित : २९ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६