प्रदेश

बृहत् नागरिक आन्दोलनले महिलामाथि हुने हिंसाविरुद्ध आज मार्चपास गर्ने



काठमाण्डौ ३० माघ । बृहत् नागरिक आन्दोलनले महिलामाथि हुने हिंसाविरुद्ध आज मार्चपास गर्ने भएको छ  ।बलात्कारका घटना बढिरहे पनि रोकथामको प्रयास नभएको भन्दै बृहत् नागरिक आन्दोलनले ‘सिंहदरबार महिला मार्चपास’ गर्न लागेको हो ।बृहत् नागरिक आन्दोलनले मार्च पासमा सहभागी हुन सबैलाई आग्रह पनि गरेको छ । आज दिउँसो २ बजे काठमाण्डौको वसन्तपुरमा भेला भएर सिंहदरबारको मुलगेटसम्म मार्च गर्ने बृहत् नागरिक आन्दोलनले जनाएको छ ।बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको आठ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । बलात्कारपछि हत्या भएको विरोधमा प्रदर्शन भइरहेको छ । भागरथीको शव आफन्तले बुझेका छैनन् । 

प्रकाशित : ३० माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६