प्रदेश

निर्वाचन आयोगले चुनावको आचारसंहिताको विषयमा राजनीतिक दलसँग छलफल गर्दै



काठमाण्डौ २ फागुन । निर्वाचन आयोगले चुनावको आचारसंहिताको विषयमा राजनीतिक दलसँग छलफल गर्दैछ ।आचारसंहिताको मस्यौदा तयार पारिसकेको आयोगले दलहरुसँग परामर्श गर्दै सुझाव लिन लागेको हो । बिहान ११ बजेदेखि छलफल गर्न दलहरुलाई बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । दलहरूको सुझावपछि आयोगले आचारसंहिताबारे थप निर्णय गर्नेछ ।आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको छ । आयोगले दुई दलहरुलाई अध्ययनका लागि मस्यौदाको एक  प्रति पठाइसकेको छ । गएको पुस ५ गते प्रतिनिधिसभा भङ्ग गर्दै सरकारले वैशाख १७ र २७ गते चुनाव गर्ने मिति तोकेको छ । त्यहीअनुसार निर्वाचन आयोगले तयारी थालेको हो ।

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६