प्रदेश

प्रचण्ड–माधव समूहले चौथो चरणको विरोध कार्यक्रम घोषणा



काठमाण्डौ २ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले चौथो चरणको विरोध कार्यक्रम घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सडक सङ्घर्षमा रहेको प्रचण्ड–माधव समूहले पत्रकार सम्मेलन गरेर सङ्घर्षको चौथो चरणको कार्यक्रम घोषणा गरेको हो । 

आन्दोलनका कार्यक्रमअनुसार आउँदो बुधबारदेखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन हुने छ । यस्तै बिहीवार काठमाण्डौको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

समूहले फागुन ७ गते पालिकाको वडास्तरमा विरोध कार्यक्रम, ८ गते काठमाण्डौमा प्रतिगमनविरुद्ध अन्तरक्रिया, ९ गते प्रतिगमन र महिला हिंसाका घटनाविरुद्ध देशव्यापी विरोधलगायतका कार्यक्रम छन् । त्यस्तै १२ गते चितवनमा र २१ फागुनमा दाङमा ठूलो विरोध सभा हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।   

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६