प्रदेश

नागरिकको विश्वासलाई कायमै राख्न चुनावको घोषणा गरेको प्रधानमन्त्री ओलीको तर्क



काठमाण्डौ ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले आफूलाई गरेको विश्वासलाई कायमै राख्न चुनावको घोषणा गरेको बताउनु भएको छ । सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा आफ्ना उपलब्धिबारे जानकारी दिँदै उहाँले आफूले लगातार विवाद समाधानका लागि प्रयास गरिरहे पनि सफल हुन नसकेपछि पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभयो ।

स्वस्थ्य ढङ्गले पार्टी र सरकार चलाउन प्रयास गरे पनि आफ्नै सहकर्मीले चल्नै नदिएपछि बाध्य भएर प्रतिनिधि सभा भङ्ग गरेको उहाँको दाबी छ । जटिल परिस्थितिमा फेरि नागरिकमा जानुको विकल्प नभएकाले चुनावको घोषणाको गरेको उहाँको भनाई छ ।नागरिकले आफूले गरेको विश्वासलाई कायमै राख्न चुनावको घोषणा गरेको भन्दै ओलीले भन्नुभयो, ‘तपाईँहरूले जुन जिम्मेवारी दिनुभएको थियो, तपाईँहरू माझ मैले जुन कबुल गरेको थिए, त्यो पूरा गर्न पाइएन । त्यही कारण ताजा जनादेशमा जानुपर्छ भन्ने निर्णयमा पुगे र नयाँ कदम चालेँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अनि प्रतिनिधि सभाको विघटन गरेँ ।’उहाँले नेकपाको प्रचण्ड –नेपाल समूहले आफूलाई लाञ्छना लगाउने काममात्रै गरिरहेको बताउनुभयो ।  

प्रकाशित : ३ फाल्गुन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६