खेलकुद

राष्ट्रिय महिला लिगमा एपीएफ क्लब र विराटनगर विजयी



विराटनगर ४ फागुन । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत सोमबार भएको खेलमा एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका छन् । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले तथा विराटनगरले वालिङ नगरपालिकालाई १–० गोलअन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा एपीएफका लागि रविना गोलेले एउटा गोल गर्नुभएको थियो । पुलिस क्लबले एपीएफका लागि एउटा आत्मघाती गोल गरेको थियो । पुलिस क्लबका लागि भने एक मात्र गोल अमृता जैशीले गर्नुभएको थियो । 

मध्यान्तर अघिको खेल गोलरहित बराबरीमा सकिएको थियो । मध्यान्तरपछिको खेलको ६९ औँ मिनेटमा पुलिसकी कप्तान घिमकुमारी गुरुङले आत्मघाती गोल गर्नुभएको थियो । खेलको ७५ औँ मिनेटमा पुलिसका लागि जैशीले गोल गर्नुभयो । यस्तै खेलको ८६ औँ मिनेटमा एपीएफका लागि गोलेले गोल गर्नुभयो । जितसँगै लिगमा एपीएफले अपराजित यात्रा कायमै राखेको छ । एपीएफ उपाधि नजिक पुगेको छ । एपीएफले हालसम्म १० खेलमा ३० अङ्क जोडेको छ भने पुलिसले १० खेलमा १४ अङ्क जोडेको छ । पुलिस लिगको चौथो स्थानमा छ । 

एन्फा मैदानमा भएको दोस्रो खेलमा विराटनगरले वालिङलाई हरायो । विराटनगरका लागि विदेशी खेलाडी आशा कुमारीले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको ३५ औँ मिनेटमा फ्रिकिकमा गोल गर्नुभएको हो । मध्यान्तरपछिको खेलमा भने विराटनगरले वालिङविरुद्धको खेलमा दबावमा खेलेको थियो । उसले गोल गर्न सकेन । जितपछि विराटनगर १६ अङ्कका साथ लिगको तेस्रो स्थानमा उक्लिएको छ । 

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६