खेलकुद

रुपन्देही सुपरलिग : तिलोत्तमा ४ विकेटले विजयी



भैरहवा ४ फागुन रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको डिभिजन ‘बी’को खेलमा तिलोत्तमा क्रिकेट क्लबले लुम्बिनी शाक्यान क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ ।

    सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ४६ ओभरको खेलमा १७.१ ओभरमा सबै विकेट गुमाउँदै ७१ रन मात्रै बनायो । उसका लागि जावेद खाँनले ३१ र आकाश पाठकले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा तिलोत्तमाका कृष्ण पराजुलीले ६.१ ओभरमा १ मेर्डन राख्दै ११ रन खर्चेर ८ विकेट लिए । पराजुली म्यान अफ द म्याच भई पुरस्कृत भए । यस्तै, सन्देश जिसीले २ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको तिलोत्तमाले १८.४ ओभरमा ६ विकेट खर्चेर ७२ रन बनाउँदै जित निकाल्यो । उसका लागि संदीप केसीले १८, विकल क्षेत्री र घनश्याम थारुले नटआउट क्रमशः १४ र १३ रन बनाए । बलिङमा लुम्बिनीका गंगेशले ३, बैतुल्लाह खाँनले २ र अख्तर हुसेनले १ विकेट लिए । बुधबार शंकरनगर क्रिकेट क्लब र बुटवल राइनोजबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।

    प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६