खेलकुद

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी राष्ट्रिय माविलाई



चन्द्रौटा,५ फागुन ।कपिलवस्तुको शिवराज नगरपालिका आयोजित यस्तै राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी राष्ट्रिय मावि चन्द्रौटाले जितेको छ । राष्ट्रपति रनिङ्ग शिल्ड तर्फ नगरका विद्यालयहरु विच विभिन्न ३२ खेलमा प्रतिस्पर्धा भएको थियो । कुल ३२ मध्ये १२ खेलमा जित निकाल्दै राष्ट्रिय मावि चन्द्रौटाले राष्ट्रपति रनिङ्ग शिल्ड आफ्नो बनाएको हो ।शिवराज नगर खेलकुुद विकास समितिको आयोजनामा भएको खेल महोत्सवमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, मेयर कप र उपमेयर कप प्रतियोगिता सम्पन्न भएको छ ।

    माघ २२ गतेबाट सुुरु भएको खेल महोत्सवमा मंगलबार भएको मेयर कप तर्फको फाइनल खेलमा सूूर्यमुखी युवा क्लब विजगौरीले शिवशक्ति युवाक्लब शिवपुरलाई ० का विरुद्ध ३ गोल गर्दै उपाधी जित्न सफल भएको हो । खेलको निर्धारित समयमा दुुबै टिमबाट गोल  नभए पछि पेनाल्टी सुट आउटमा ३ गोल गर्दै सूूर्यमुखीले मेयर कपको उपाधी आफनो बनाएको हो । नगर खेल महोत्सवमा उपमेयर कपको उपाधी जयबुद्ध युुवा क्लबका महिला टिमले जितेका छन । 

    समापन समारोहमा बोल्दै नगर प्रमुख नेत्रराज अधिकारीले खेलकुदका माध्यमबाट युवाहरुलाई कुलतबाट बच्न सहयोग पुुग्ने बताउनु भयो । खेल कै माध्यमबाट नगरको पहिचान गराउन खेल महोत्सवले टेवा पुुगेको उहाँले बताउनु भयो ।  नगर खेलकुद विकास संयोजक नेत्र बेल्बासे खेल कुुदलाई भव्य सभ्य रुपमा सम्पन्न गर्न सहयोग गरेकोमा सम्पूर्णलाई धन्यवाद दिनुभयो । कार्यक्रम विभिन्न विद्याका विजेताहरुलाई शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको छ  ।

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६