खेलकुद

आईपीएल १४ औँ सिजनको लागि लिलामी आज ,कुन टोलीको आँखामा पर्लान् सन्दीप ?



काठमाडौँ ६ फागुन । इन्डियन प्रिमियर लिग (आईपीएल) १४ औँ सिजनको लागि लिलामी आज दिउँसो नेपाली समयअनुसार ३ः१५ बजे चेन्नाईमा हुँदैछ । यसका लागि २९२ जना खेलाडीहरुलाई सर्टलिस्ट गरिएको छ । ८ टोलीसँग ६१ जना खेलाडी खरिद गर्ने स्थान बाँकी छ । यसमध्ये पनि ४०–५० जना खेलाडी मात्र बिक्री हुने अनुमान गरिएको छ ।सबै टोलीको नजर अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेल र न्यूजील्याण्डका काइल जेमिसनमाथि हुनेछ । लिलामीको शुरुवात ब्याट्सम्यानबाट हुनेछ,त्यसपछि अलराउन्डर,विकेटकिपर र बलरहरुमाथि बोली लगाइनेछ ।

२९२ खेलाडीमध्ये १० जना खेलाडीको न्यूनतम मूल्य २ करोड भारतीय रुपैयाँ रहेको  । अन्क्याप्ड खेलाडीहरुका लागि २०,३० र ४० लाख न्यूनतम मूल्य कायम गरिएको छ । त्यस्तै,क्याप्ड खेलाडीहरुलाई ५०,७५,१ करोड,१.५ करोड र २ करोडको न्यूनतम मूल्य समूहमा राखिएको छ ।सर्वाधिक २ करोड भारु बेस प्राइसमा दुई भारतीय हरभजन सिंह र केदार जाधवसहित ग्लेन म्याक्सवेल, स्टीभ स्मीथ, सकिब अल हसन, मोइन अली, साम बिलिङ, लियाम प्लंकेट, जेसन रोय र मार्क वुड रहेका छन् । १.५ करोठ बेस प्राइसमा १२ जना खेलाडी रहेका छन् ।

एउटा टोलीले आफ्नो टोलीमा अधिकतम २५ जना र न्यूनतम १८ खेलाडीसम्म राख्न पाउँछन् । एउटा टोलीमा ८ जनासम्म विदेशी खेलाडी राख्न पाइन्छ । हाल रोयल च्यालेन्जर्स बैंग्लुरुसँग सबैभन्दा कम १४ खेलाडी र सनराइजर्स हैदराबादसँग सबैभन्दा धेरै २२ खेलाडी रहेका छन् ।ईपीएलको यो सिजनमा टोलीको बजेट ८५ करोड कायम गरिएको छ । कोरोना महामारीका कारण यस वर्ष बजेटमा बृद्धि गरिएन । यसअनुसार पञ्जाबसँग खेलाडी खरिद गर्न सबैभन्दा धेरै ५३.२० भारु बजेटरहेको छ । नियमअनुसार टिमले ६० करोड न्यूनतम खर्च गर्नुपर्ने हुन्छ ।नेपाली युवा बलर सन्दीप लामिछाने पनि आजको लिलामीमा सामेल छन् । गत सिजन दिल्ली क्यापिटल्स टोलीमा रहेका उनलाई यो सिजन टोलीले रिलिज गरेको थियो । २० वर्षीय बलरको बेस प्राइस ४० लाख भारतीय रुपैयाँ रहेको छ ।

प्रकाशित : ६ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६