अर्थ-वाणिज्य

कपिलवस्तुमा ६ हजारलाई कोरोना विरुद्धको खोप



कपिलवस्तु ९ फागुन । कपिलवस्तुमा कोरोना बिरुद्धको पहिलो र दोस्रो चरणको खोप लगाउने कार्य सकिएको  छ । पहिलो र दोस्रो चरणको अभियान अन्र्तगत अग्रपक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सफाईकर्मी, एम्बुलेन्स चालक, कारागारका कैदीबन्दी, पत्रकार, जनप्रतिनिधि, सुरक्षाकर्मी गरी ६ हजारले खोप लगाएको कपिलवस्तु अस्पतालका डाक्टर गणेश क्षेत्रीले जानकारी दिनुभयो ।

     खोप लगाएका अधिकाँश मध्ये केहीलाइ मात्र सामान्य रिगटा, ज्वरो आउने, थकान महसुस हुने बाहेक अन्य कसैलाइ केही नभएकाले ढुक्कसँग खोप लगाउन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले आग्रह गर्नुभयो । आगामी फागुन २३ गतेबाट तेस्रो चरणको अभियान शुरु हुने स्वास्थ्य अधिकारीले जनाएका छन् । 

प्रकाशित : ९ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६