कपिलबस्तु ११ फागुन । कपिलबस्तुको महाराजगंज नगरपालिकाको आयोजनामा महाराजग नगरपालिको वडा नं १ मा अपांगता परिचयपत्र बितरण शिबिर सम्पन्न भएको छ । महाराजगंज नगरपालिकाको वडा नं १ मा सञ्चालन गरिएको वडा स्तरिय परिचयपत्र बितरण शिबिरबाट उन्नाईस जनाले परिचयपत्र प्राप्त गरेको महिला तथा बालबालिका शाखा प्रमूख बिन्दबासिनी चौधरीले जानकारी दिनु भयो ।शिबिरमा क बर्गको चार जना ख वर्गको नौ जना ग वर्गको पाँच जना र घ वर्गको १ जना गरि जम्मा उन्नाईस को शिबिरमै परिचयपत्र उपलब्ध गराईएको चौधरीले बताए ।
शिबिरमा जारी गरिएको अपांगत परिचयपत्र महाराजगंज नगरपालिकाको नगरप्रमुख अब्दुल कलाम,उपप्रमुख शुभावती कुर्मी,प्रमुख प्रशासकीय अधिकृ वेद प्रसाद खरेलले,शाखा अधिकृत निरञ्जन पौडेलले परिचयपत्र हस्तान्तरण गर्नु भएको छ ।महाराजगंजको नगरवासीहरु लाई सजिलो र शुलभ तरिकाले सेवा उपलब्ध गरानको लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको र यस्तो कार्यक्रमलाई निरन्तरता दिने नगरप्रमुख अब्दुल कलामले बताउनु भएको छ ।शिबिर बाटै परिचयपत्र पाए पछी सेवाग्राही खुसी भएका थिए ।








प्रतिक्रिया