प्रदेश

सर्वोच्च अदालतले तोकेको समयभित्रै संसद्को बैठक बोलाउने निर्णय



काठमाण्डौ १२ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले सर्वोच्च अदालतको फैसला स्वीकार्दै तोकेको समयभित्रै संसद्को बैठक बोलाउने निर्णय गरेको छ ।समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय असंवैधानिक ठहर गरेर पुनर्स्थापित गर्दै फैसला सुनाइएको १३ दिनभित्र संसद्को अधिवेशन बोलाउन आदेश दिएको छ ।

यस्तै स्थायी कमिटी बैठकले समग्र परिस्थितिबारे छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । बैठकपछि प्रवक्ता ज्ञवालीले प्रतिनिधि सभाको अधिवेशन निर्धारित समयमै बोलाइने र त्यसपछिको अवस्था कस्तो हुन्छ भन्नेबारे सबै पक्षसँग छलफल गर्ने निर्णयसमेत भएको बताउनुभयो ।बैठकले देशका विभिन्न ठाउँमा यसअघि निर्धारण गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिने पनि निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । 

प्रकाशित : १२ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६