खेलकुद

बुद्धभूमिमा भोली देखि सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा



कपिलवस्तु १३ फागुन ।बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु १७ सम्म सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । यस अघि वडा स्तरमा सम्पन्न भएका दुवै खेलहरुको नगर स्तरको प्रतिश्पर्धा हुन लागेको नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण भटराईले जानकारी दिनुभयो ।

राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतका खेलमा माध्यमिक तहमा अध्ययनरत १८ वर्ष मुनिका विद्यार्थीहरु तथा मेयर कप अन्तर्गत नगर भित्रका विभिन्न क्लबहरु तथा विभिन्न स्थानका खेलकुद टिमको सहभागीता रहने छ ।राष्टपति रनिङ शिल्ड अन्तर्गत छात्र छात्रा भलिवल, कबड्डी, एथलेटिक्स, दौड, हाइजम्प, लङजम्प त्रिपटजम्प, ज्याभलिन थ्रो सटपट लगायतका खेल सञ्चालन हुने बताइएको छ । यस्तै मेयरकप अन्तर्गत खुला पुरुष फुटवल, एथलेटिक्स स्लो साइकल रेस लगाएतका खेल हुने नगरपालिकाले जनाएको छ । खेल शुक्रबार विहान ११ः३० मा सुरु हुनेछ ।

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६