खेलकुद

पश्चिम नवलपरासीले १३ बर्ष मुनीको खेलाडी छनौट फुटबल प्रतियोगीता सम्पन्न



 नवलपरासी १३ फागुन । जिल्ला फुटवल संघ पश्चिम नवलपरासीले १३ बर्ष मुनीको खेलाडी छनौट फुटबल प्रतियोगीता सम्पन्न गरेको छ । जिल्लाको सुनवल ३ कृर्तिपुर, बर्दघाट २ चिसापानी र सरावल १ गरि तिन ठाँउबाट १३ बर्ष मुनिका खेलाडिहरु छनौट गरि प्रदेश छनौटमा पठाएको जिल्ला फुटवल संघ नवलपरासीले जनाएको छ । छनौट खेलमा भाग लिएका ३ सय खेलाडिहरु मध्यबाट १९ जनालाई छनौट गरिएको जिल्ला फुटबल संघ पश्चिम नवलरासीका प्रशिक्षक जित बहादुर पुनले जानकारी दिए ।

छनौट भएका खेलाडिहरु प्रदेश छनौटमा भाग लिने छन् भने प्रदेशबाट छनौट भएका केन्द्रमा र केन्द्रमा छनौट भएकाहरु ‘ए’ लेबलका आर्मि, पुलिस, सशस्त्र लगाएत क्लवहरुको एकेडमिबाट आफ्नो खेल यात्रालाई अगाडि बढाउने छन् । छनौट भएका अधिकांश १३ बर्ष मुनिका खेलाडिहरु एकेडमिमा पुग्ने प्रवल सम्भावन रहेको छनौट कमिटि संयोजक तथा जिल्ला फुटवल संघ नवलपरासीका कोषाध्यक्ष जितेन्द्र कुमार चौधरीको विश्वास रहेको छ । नवलपरासीलाइ फुटवलको हवका रुपमा विकास गर्नका लागी आफुहरु योजना वद्ध तरिकाले अगाडि बढेको जिल्ला फुटबल संघनवलपरासीका अध्यक्ष धन प्रसाद गुरुङले बताए।

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६