खेलकुद

अस्ट्रेलियासँगको दोस्रो टी–२० क्रिकेट न्युजिल्याण्डले चार रनले जित



काठमाण्डौ १३ फागुन । अस्ट्रेलियासँगको दोस्रो टी–२० क्रिकेट न्युजिल्याण्डले चार रनले जितेको छ । न्युजिल्याण्डले दिएको दुई सय २० रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाले आठ विकेट गुमाएर दुई सय १५ रन मात्रै बनाउन सक्यो ।अस्ट्रेलियाका मार्कस स्टोनिसले ४७ बलमा ७८ र ड्यानियल साम्सले १४ बलमा ४१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । न्युजिल्याण्डका मिचेल स्यान्टनरले चार विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली न्युजिल्याण्डले २० ओभरमा सात विकेट गुमाएर दुई सय १९ रन बनाएको थियो । उसका मार्टिन गुप्टिल ९७ रनमा आउट भए । त्यस्तै केन विलियमसनले ५३ र जेम्स नीशमले अविजित ४५ रन बनाए । अस्ट्रेलियाका केन रिचार्डसनले तीन विकेट लिए । यो जितसँगै पाँच खेलको शृङ्खलामा न्युजिल्याण्डले दुई–शून्यको अग्रता बनाएको छ ।  

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६