अर्थ-वाणिज्य

पूर्व मन्त्री बृजेश कुमार गुप्ताको पहलमा कपिलवस्तु अस्पतालमा भेन्टिलेटर र आइसियु सेवा सञ्चालन हुँदै ।



कपिलवस्तु फाल्गुन १३ गते ।
कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु अस्पतालमा भेन्टिलेटर, आइसियु, सेवा समेत थप हुने भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेका अनुसार अस्पतालमा ४ बेडको भेन्टीलेर र १० बेडको आइसियु सञ्चालनको तयारीको अवस्थामा रहेको बताउनु भयो । सङ्घीय सांसद बृजेश कुमार गुप्तले सांसद विकास कोष मार्फत भेन्टिलेटर र आइसियु सेवा थपका लागि १ करोड ४५ लाख रुपैया विनियोजन गरे पछि सेवा अस्पतालको सेवा वृद्धि हुन लागेको छ । २०२८ सालमा स्थापित अस्पतालमा हाल भौतिक  सुविधा सम्पन्न र दक्ष प्राविधिक जनशक्ति थप गर्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । 
१२ करोडको लागतमा नयाँ भवन प्रयोगमा आए सँगै अस्पतालले नयाँ सेवा सञ्चालन गर्ने योजना बनाएको थियो । हाल अस्पतालमा २५ भन्दा बढी चिकित्सकहरूबाट सेवा प्रदान गरिँदै आएको । ५० शय्याको अस्पतालमा ८ विशेषज्ञ, २ डेनटल सर्जन, ११ मेडिकल अधिकृत  र १ जना एमडि रेजिडेन्ट रहेका छन् । चैत्र महिनाबाट अस्पतालमा नेत्र रोग, बाल रोग, नाक कान घाँटी र डाइलासिसको विशेषज्ञ सेवा समेत थप हुने तयारी गरिएको छ । यसै गरी प्रयोगशाला, एकसरे र फार्मेसीलाई २४ घन्टे सेवा दिने अस्पतालका क्लिनीकल कोडिनेटर डाक्टर गणेश क्षेत्रीले बताउनु भयो । 
अस्पतालमा प्रयोगशालाको स्तरबृद्धीका लागि सङ्घीय सांसद बृजेश कुमार गुप्तले पहल गरे पछि महिला तथा बालबालिका कार्यालयमा लेभल २ को प्रयोगशाला समेत निमार्णको चरणमा रहेको छ । लुम्बिनी प्रदेश सरकारले ५० लाख र कपिलवस्तुका १० स्थानीय सरकारबाट ६० लाखको लागतमा ल्याबका काम अगाडी बढेको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताउनु भयो । 

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६