खेलकुद

राष्ट्रपति रनिङशिल्ड शुरु,खेलाडीको प्रोत्साहनमा उच्च प्राथमिकता :मेयर थारु



कपिलवस्तु १३ फागुन स्वास्थ्य लागि खेलकुद राष्ट्का लागि खेलकुद भन्ने नाराका साथ कपिलबस्तुको बाणगंगामा तेस्रो नगरस्तरिय  राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।  विहीबार एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गर्दै बाणगंगा  नगर प्रमुख मंगल प्रसाद थारुले खेलकुद स्वास्थ्यसँग पनि जोडिएकाले नगरपालिकाले खेलकुदलाई विशेष महत्व दिएको उल्लेख गर्नुभयो ।  खेलाडीलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै खेलकुदका क्षेत्रमा नगरले बजेटहरु विनियोजन गर्दै आएको बताउनुभयो ।उहाँले खेलकुदले अनुशासनको विकास गराउने भएकाले यसलाई पढाइसँगसँगै अघि बढाइनुपर्नेमा उनको जोडछ।


यस्तै कार्यक्रममा नगर उपप्रमुुख चत्रपाणी अर्यालले बोल्दै खेलकुद राष्ट्रको समृद्धिसंग जोडिएको भन्दै खेलकुदले देशको अर्थतन्त्रको पनि विकास गरेको बताउनुभयो । व्यवसायिक खेलाडिहरु उत्पादन गर्ने तर्फ जोड दिएको बताउदै नगरले राष्ट्रपतिरनिङ शिल्ड प्रतियोगिता मेयरकप प्रतियोगिता लगाएत विभिन्न युवा क्लबहरुले अयोजना गरेको प्रतियोगिताहरुलाई सर्मथन र सहयोग गरेको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत गेहन्द्र डांगी ,जिल्ला खेलकुद विकास समितीका पुर्व अध्यक्ष छवि रेश्मी मगर, प्याव्सन जिल्ला उपाध्यक्ष सुन्दर पाण्डे ,कुलराज पौडेल लगायतले  शुभकामना मन्तव्य दिदै खेलबाटै समृद्धि र प्रसिद्ध हांसिल हुने बताउदै विद्यार्थीहरुले अनुशासित तरिकाले खेलकुदमा भाग लिनुपर्ने बताउनुभयो । कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले स्वागत मन्तव्य राख्दै प्रतियोगितामा बाणगंगा नगर भित्रका सामुदायिक तथा संस्थागत गरि २४ वटा विद्यालयको सहभागिता रहेको जनाउनु भएको थियो । प्रतियोगितमा १५ विधाका ३६ इभेन्टहरु हुनेछन् ।

नगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समितीको संयोजनमा सुरु भएको प्रतियोगिता १५ गते सम्म चल्ने छ ।  जनता मा वि पिपराको प्रांगणमा विहिबार देखि सुरु भएको प्रतियोगितामा २ सय वटा पदकका लागि प्रतिस्प्रर्धा हुनेछ ।  प्रतियोगिताको उद्घाटन कार्यक्रमको अवसरमा विद्यार्थीहरुले सांस्कृतिक नृत्य समेत प्रदर्शन गरेका थिए । प्रतियोगिता तीन दिनसम्म चल्ने प्रतियोगिताको उदघाटन सत्र शिक्षा शाखा अधिकृत खिम बहादुर जिसीको संचालनमा भएको हो ।  

यस्तै बुद्धभूमि नगरपालिकाको आयोजनामा भोली देखि फागनु १७ सम्म सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । यस अघि वडा स्तरमा सम्पन्न भएका दुवै खेलहरुको नगर स्तरको प्रतिश्पर्धा हुन लागेको नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण भटराईले जानकारी दिनुभयो ।राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतका खेलमा माध्यमिक तहमा अध्ययनरत १८ वर्ष मुनिका विद्यार्थीहरु तथा मेयर कप अन्तर्गत नगर भित्रका विभिन्न क्लबहरु तथा विभिन्न स्थानका खेलकुद टिमको सहभागीता रहने छ ।

राष्टपति रनिङ शिल्ड अन्तर्गत छात्र छात्रा भलिवल, कबड्डी, एथलेटिक्स, दौड, हाइजम्प, लङजम्प त्रिपटजम्प, ज्याभलिन थ्रो सटपट लगायतका खेल सञ्चालन हुने बताइएको छ । यस्तै मेयरकप अन्तर्गत खुला पुरुष फुटवल, एथलेटिक्स स्लो साइकल रेस लगाएतका खेल हुने नगरपालिकाले जनाएको छ । खेल शुक्रबार विहान ११ः३० मा सुरु हुनेछ । 

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६