अर्थ-वाणिज्य

बुद्धभूमी : मेयर कप प्रतियोगिता शुरु



कपिलवस्तु १५ फागुन विद्यालय स्तरमा खेलकुद गतिविधीको बिकास गर्नका लागी कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा मेयर कप प्रतियोगिता संचालनमा आएको छ । शुक्रवार देखी संचालनमा आएको प्रतियोगिता फाल्गुन १७ गते सम्म चल्ने छ । वडा नं. ५ बुड्ढी खेल मैदानमा सुरु भएको प्रतियोगितामा एक हजार वढी खेलाडीले भाग लिने बताईएको छ । जिल्ला स्तरमा खेलकुदका प्रतियोगिता संचालन नहुँदा खेलाडीलाई माथिल्लो स्तरमा पुग्न असहज भएको जिल्ला समन्वय समितिका सभापती नारायण प्रसाद खनालले बताउनु भयो  । 


माध्यामिक तह र आधारभुत तह अन्र्तगत प्राथमिक र निम्न माध्यामिक तहमा गरी खेल संचालन हुने छ । दौड, रिलेदौड , कपर्दी, ज्याभ्लिन थ्रो, सटफुट, उसु, भलिवल, फुटवल लगायतका खेलहरु संचालन हुने बुद्धभुमी नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले बताउनु भयो ।विद्यालय स्तरमा बालिकाहरुको समेत सहभागिता सुनिश्चित गरिएको हुँदा महिला खेलाडीले समेत प्रतिभा देखाउने मौका पाएको उप मेयर मिरा चौधरीले बताउनु भयो ।

कोरोनाको त्रास पछि खेलकुद गतिविधी संचालन भएकोमा खेलाडीले समेत खुसी व्यक्त गरेका छन् । भलिवल, दौड, शटफुट लगायतका खेलमा भाग लिएकी बुद्धभुमी १ गंगाज्वती माविका खेलाडी कमला नेपालीले मेयर कप जितेर माथिल्लो श्रेणीको प्रतियोगितामा भाग लिने चाहना भएको बताउनु भयो । 

प्रकाशित : १५ फाल्गुन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६