खेलकुद

नगद सहित मेयर कपको उपाधी कब्जा



कपिलवस्तु १७ फागनु । चौथो बुद्धभूमि मेयर कप फुटवलको उपाधी बुद्धभूमि वडा नम्बर १ ले हात पारेको छ । इमिलिया खेल मैदानमा आज सम्पन्न प्रतिश्पर्धामा वडा नम्बर २ लाई पराजित पार्दै वडा १ ले उपाधी कब्जा गरेको हो । प्रतियोगितामा वडा नम्बर ९ ले तृतीय स्थान हासिल गरेको छ । यो संगै उपाधी विजेताले नगद २५००० रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र तेस्रो हुनेले १५००० रुपैयाँ तथा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको नगरपालिकाले जनाएको छ। राष्टपति रनिङ शिल्ड प्राप्त गरेका खेलाडीलाई भने शिल्ड मेडल र प्रमाण पत्रका साथ नगद १० हजार रुपैयाँले पुरस्कृत गरिएको बताइएको छ । 

स्लो साइकल रेसमा भने सिद्धार्थ स्मारक मावि भेलाईका सुजन थारु र छात्रा तर्फ जनकल्याण मावि वरकलपुरका वृन्दा विकले जित हासिल गर्नुभएको छ । यस्तै राष्टपति रिनङ शिल्ड अन्तर्गत ३ हजार मिटर दौडमा कपिलवस्तु राष्टिय मावि चेतरादेहिका रोहित खरविन्द, तथा छात्रा तर्फ श्री मावि इमिलियाकी सुष्मा थारु विजयी हुनु भएको छ । हाइजम्प छात्र तर्फ सन्तविर थारु जनकल्याण मावि र छात्रा तर्फ नेपाल राष्टिय मावि चौरीकी सीमा थापाले जित हात पार्नुभएको नगरपालिका शिक्षा शाखा प्रमुख कृष्ण भटराईले जानकारी दिनुभयो । 

यस्तै ४ सय मिटर रिले दौड छात्र तर्फ जनकल्याण मावि, र छात्रा तर्फ नेपाल राष्टिय मावि रनगाई विजयी भएको छ । त्यस्तै छात्र कबड्डीमा नर्थ प्वाइन्ट एकेडमी पत्थरकोट र छात्रा तर्फ जन कल्याण मावि वरकलपुले जित हात पारेको छ । त्यस्तै छात्रा भलिबल प्रतियोगितामा गंगा ज्योति मावि पत्थरकोट विजयी भएको छ ।

फागुन १४ देखि बुद्धभूमि खेल मैदानमा सुरु भएको खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ । समापन समारोह नगरप्रमुख केशब कुमार श्रेष्ठकोे अध्यक्षता, जिल्ला समन्वय समितिका संयोजक नारायण खनालको प्रमुख आतिथ्यता प्रमुख प्रशाशकिय अधिकृत अनिल पौडेल लगायतको आतिथ्यता र शिक्षा शाखा प्रमुख कृष्ण भटराईको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६