प्रदेश

नेपाली कांग्रेसका सभापति देउवा सहितका शीर्ष नेता आज चितवन आउने



 चितवन १९ फागुन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता आज चितवन आउने भएका छन् ।दिवंगत भएका नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभालाई सहभागी हुन कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितका नेता चितवन आउन लागेको कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।सभापति देउवा हेलिकोप्टरमा आउने श्रेष्ठले जानकारी दिए ।

कार्यक्रम रानाभाटकै निवास रत्ननगर १४ लौरीघोलमा हुनेछ । पूर्वसांसद रानाभाटको फागुन १० गते उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको थियो ।२०५६ मा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित बनेका रानाभाट कांग्रेस चितवनका पूर्वसचिव, सुकुमबासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्षसमेत भएका थिए ।

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६