काठमाडौं २० फागुन । पुनःस्थापित संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्दैछ ।बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउासो तीन बजे बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पूर्वपदाधिकारीहरु पनि सहभागी हुने मुख्य सचिव पौडेलले बताए ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद बैठक विघटन गरेकी थिइन् । सर्वोच्च अदालतले भने यही फागुन ११ गते संसद विघटनको निर्णय असंवैधानिक ठहर गरेको थियो । सर्वोच्चले १३ दिनभित्र संसद बैठक आह्वान गर्न निर्देशन दिएअनुसार २३ गते अपराह्न ४ बजे संसद बैठक बस्दै छ ।संसद बैठकमा कांग्रेस प्रधानमन्त्री ओलीको साथमा उभिन्छ कि प्रचण्ड-माधव पक्षमा भन्नेमा चासो छ । नयाा सत्ता समीकरणमा कांग्रेस निर्णायक भूमिकामा छ ।
२० फाल्गुन २०७७, बिहिबार








प्रतिक्रिया