अर्थ-वाणिज्य

प्रदेश कै ठूलो पुरस्कार राशीको प्रतियोगिता शुरु



भालुवाङ २१ फागुन । दाङको देउखुरीमा यस वर्षको ठुलो धनराशीको खेल राप्तीद्धारा क्रिकेट प्रिमियर लिग प्रतियोगिता २०७७ सुरु भएको छ । राप्ती गाउँपालिकाको सहयोगमा राप्तीद्धारा क्रिकेट क्लव राप्ती गाउँपालिकाले बुधवार देखि लुम्बिनी प्रदेशको स्थायी राजधानी स्थित राप्ती गाउँपालिका १ पाखापानीको खेलमैदानमा प्रिमियर लिग प्रतियोगिता  सुरु भएको छ ।

क्लवका अध्यक्ष केशव बोहराको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता र उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको विशिष्ट आतिथ्यतामा खेल सुरु भएको हो । खेलको उद्घाटन गाउँपालिकाका अध्यक्ष सुवेदीले गरेका थिए । चैत्र २ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टिमले भाग लिएका छन् । प्रत्येक दिन ४ वटा टिम बीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु ५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेले नगद रु ३० हजार मेडल र प्रमाणपत्र, तेस्रो हुनेले नगद रु ७ हजार मेडल र प्रमाणपत्र र चौथो हुनेले नगद रु ३ हजार मेडल र प्रमाणपत्र पाउने छन् ।

खेल अवधीर पाखापानीमा एमपायरको भुमिका ताराप्रसाद ज्ञवाली, त्रिभुन गुप्ता र लालमटियामा लिलामणी पौडेल र रमेश कडेलले निभाउने छन् । भने स्कोरको भुमिका पाखापानीमा समित विश्वकर्मा र लालमटियामा अमृता गुप्ताले निभाउने छन् ।

प्रकाशित : २१ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६