खेलकुद

लेगस्पीनर सन्दीप लामिछानेले २७ महिनापछि घरेलु क्रिकेटमा पुनरागमन गर्दै



काठमाडौं २३ फागुन । विश्वभर फ्रेन्चाइज्ड क्रिकेट टुर्नामेन्ट खेलेर ग्लोबल स्टारको छवि बनाइसकेका नेपालका युवा लेगस्पीनर सन्दीप लामिछानेले २७ महिनापछि घरेलु क्रिकेटमा पुनरागमन गर्दैछन् ।नेपाल क्रिकेट संघ क्यानले काठमाडौं महानगरपालिकाको सहयोगमा शनिबारदेखि सुरु भएको काठमाडौं मेयर्स कप २०७७ मा सन्दीपले काठमाडौं मेयर्सक ११ टिमको कप्तानी गर्दैछन् । मेयर्स ११ ले मुलपानी क्रिकेट मैदानमा आइतबार बागमति प्रदेशविरुद्ध खेल्दैछ ।

यसअघि विदेशी लिगहरुमा व्यस्त हुँदा वा अन्य व्यक्तिगत कारणले गर्दा सन्दीपले दुई वर्ष घरेलु क्रिकेट खेलनन् ।गत माघमा भएको प्रधानमन्त्री कप पनि सन्दीपले खेलेनन् ।पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सका लागि खेल्न गएका सन्दीप कोरोनाका कारण लिगनै अनिश्चितकालको लागि स्थगित हुँदा शुक्रबार नेपाल फर्किएका थिए ।त्यसपछि क्यानले सन्दीपलाई यसअघि नै घोषित भइसकेका काठमाडौं मेयर्स ११ टिमको कप्तान नियुक्त गरेको हो । सन्दीपले शनिवार कीर्तिपुर पुगेर ट्रेनिङसमेत गरेका थिए । यसअघि नै १५ जना टिममा भए पनि सन्दीप समावेश भएपछि केयर्स ११ को टिम १६ सदस्यीय हुने क्यानले जनाएको छ ।

सन्दीपले पछिल्लो पटक २०१८ डिसेम्बरमा सम्पन्न एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सबाट घरेलु क्रिकेट खेलेका थिए । उनले सुरुआती दुई खेलमा ५ विकेट लिएका थिए । त्यसपछि सन्दीप बिग बास लिग खेल्न अष्ट्रेलिया पुगे । यो बीचमा सन्दीपले अष्ट्रेलिया, भारत हुँदै क्यानडासम्म खेले । तर घरेलु प्रतियोगिता खेल्ने मिति बल्ल जुरेको छ ।सन्दीपले घरेलु मैदानमा भने गत वर्ष फेब्रुअरीमा भएको विश्वकप लिग २ मा नेपालका लागि खेलेका थिए ।सन्दीप बाहेक प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका बागमति बाहेक ६ प्रदेशका उत्कृष्ट खेलाडी काठमाडौँ मेयर ११ टिममा छन् ।

सन्दीपको आगमनपछि थप बलियो बनेको काठमाडौं मेयर्स ११ टिम प्रतियोगितामा विजयी सुरुआत गर्न चाहन्छ । बागमति पहिलो खेलमा नेपाल पुलिससँग २ रनले पराजित भएको थियो । बागमती पनि पहिलो जितको खोजीमा छ ।यस्तै पहिलो दिन जित हात पारेका नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच टीयू मैदानमा प्रतिस्पर्धा हुनेछ । दुवै टोली लगातार जितसहित फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।५ टिम सहभागी प्रतियोगितामा राउण्ड रोविन लिगका खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

काठमाडौँ मेयर ११ टिम ?

सन्दीप लामिछाने (कप्तान) , सिद्धान्त लोहनी, अर्जुन कुमाल, सौरभ खनाल, सन्दीप रजाली, खड्गबहादुर बोहरा, हरिशंकर शाह , विवेक यादव, कृष्ण कार्की, रविन्द्रजंग शाही, बिपिन रावल, बिपिन खत्री, अनिल खरेल, विक्रम भुसाल, नारायण जोशी र अनुज चुनारा

प्रकाशित : २३ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६