प्रदेश

नेपाल कम्युनिस्ट पार्टी नामको दल कसको भन्ने विवादको फैसला गर्दै



काठमाण्डौ २३ फागुन । सर्वोच्च अदालतले आज नेपाल कम्युनिस्ट पार्टी नामको दल कसको भन्ने विवादको फैसला गर्दै छ ।न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेपाल कम्युनिस्ट पार्टी नामको विवादबारेको फैसला आज गर्न लागेको हो । यसअघि गएको २० गते बिहीवार निर्णय सुनाउने मिति तोकिएको भए पनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक विदा भएकाले स्थगित भएको थियो ।आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै २०७५ सालको मंसिर ५ गते ऋषि कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो । मुद्दामा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आयोगले आधिकारिकता दिएपछि ऋषि कट्टेल सर्वोच्च पुग्नुभएको हो ।

प्रकाशित : २३ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६