कपिलवस्तु २५ फागुन । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मेची महाकाली बुहारी संयुक्त आवाजले विपन्न महिलाको निशुल्क पाठेघर तथा स्मेयर परिक्षण गरेको छ । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य रिना नेपालले कपिलवस्तुमा अझैपनि बाल बिबाहको समस्या रहेको भन्दै बाल बिबाह न्यूनिकरणका लागि पार्टीगत नभएर सबै एकजुट बन्नुपर्ने बताउनुभयो । यस्तै संयुक्त आवाजकी जिल्ला सहसंयोजक देवकला सुबेदी (कमाल) ले लैंगिक हिंसा न्यूनिकरणका लागि धेरै कार्यक्रमहरु आयोजना गरेपनि घटना भने बढ्दै गएको बताउनुभयो । उहाँले नारी दिवसको अवसरमा कुनैपनि र्यालीको आयोजना नगरी विपन्न महिलालाई केहि सहज होस भनेर पाठेघर तथा स्मेयर परिक्षणको कार्यक्रम आयोजना गरिएको बताउनुभयो । बुहारी संयुक्त आवाज बुहारी मात्र नभइ पिडित महिलाहरुको आवाज बोल्ने साझा संस्था भएको बताउनुभयो ।
कार्यक्रम मेची महाकाली बुहारी संयुक्त आवाज कपिलवस्तु अध्यक्ष चन्द्रा अर्यालको अध्यक्षता, उपाध्यक्ष सुष्मा खाँणको स्वागत मन्तब्य र अन्जु बन्जाडेको संचालनमा कार्यक्रम भएको हो । १११ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कपिलवस्तु सामुदायिक अस्पतालको संयुक्त सहकार्यमा अति विपन्न परिवारका महिलाको निशुल्क पाठेघर तथा स्मेयर परिक्षण गरिएको संयुक्त आवाजकी जिल्ला सहसंयोजक देवकला सुबेदी (कमाल) ले जानकारी दिनुभयो । निशुःल्क परिक्षणमा ६० जना महिलाले चेक जाँच गरेका थिए ।








प्रतिक्रिया