प्रदेश

धुम्बाराहीमा नेकपा एमालेको नाम र साइनबोर्ड राखिने



काठमाण्डौ २५ फागुन । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेलगत्तै धुम्बाराहीमा नेकपा एमालेको नाम र साइनबोर्ड राखिने भएको छ ।सर्वोच्च अदालतको आइतवारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० लाई मान्यता नदिएपछि दुई पार्टी ब्युँतिएका हुन् ।एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो ।धुम्बाराहीमा रहेको एमालेको कार्यालयको नाम र साइनबोर्ड आज फेर्ने तयारी भएको परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६