प्रदेश

ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज, फेरि एकता गर्ने भए १५ दिनको समय



काठमाण्डौ २५ फागुन । निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशअनुसार केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र बिउँताएको छ । आयोगले दुई दल २०७५ सालको जेठ तीन गतेअघिकै अवस्थामा रहेको पत्र दुई अध्यक्षलाई पठाउने निर्णय गरेको छ  ।यस्तै निर्वाचन आयोगमा २०७५ सालको जेठ २३ गते केपी शर्मा ओली र प्रचण्डको नाममा दर्ता भएको नेकपा खारेज गर्ने पनि आयोगले निर्णय गरेको छ । अब एमाले र माओवादी केन्द्र नै रहने र उनीहरूको चुनाव चिह्न पनि सूर्य र गोल घेराभित्रको हँसिया हथौडा हुने आयोगले जनाएको छ ।

आयोगले नेकपा एमाले र माओवादी केन्द्र बिउँतिएको जानकारी सङ्घीय संसद् सचिवालय, सबै प्रदेश सभा र जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउने भएको छ ।यस्तै अब ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र फेरि एक हुन चाहेमा केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरेर एकीकृत दलको नाम र चुनाव चिह्नसहित १५ दिनभित्र निवेदनसहित उपस्थित हुन पनि आयोगले जानकारी गराएको छ ।अब गोपाल किराँतीको नाममा दर्ता भएको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारीको नाममा दर्ता भएको नेकपा एमाले खारेज हुने र उनीहरूले नयाँ दल दर्ता गर्न चाहेमा दलको नाम र चुनाव चिह्नसहित सम्पर्क गर्न सक्ने आयोगले जनाएको छ । 

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६