प्रदेश

वाणगंगालाई कृषि हबका रुपमा विकास



कपिलवस्तु २७ फागुन । बाणगंगा नगरपालिकाको कृषि शाखाको आयोजनामा आई पि एम कृषक पाठशाला कार्यक्रम अन्तगर्त कृषक दिवस कार्यक्रम  गरिएको छ । कृषकहरूलाई ज्ञानसीप प्रदान गर्न तथा गुणस्तरीय बाली उत्पादन गर्न सिकाउने उद्देश्यले बाणगंगा नगरपालिका ४ झुंगामा आई पि एम कृषक पाठशाला सञ्चालन गरिएको थियो । 

१५ हप्ता सम्म खुर्सानी बालीमा चलेको पाठशालामा किसानहरुलाई कृषि उत्पादनका विषयमा ज्ञानसिप प्रदान गरिनुका साथै खेतीयोग्य जमिनमा शत्रु जीव र मित्र जीव अर्थात बालीलाई फाईदा पुर्याउने र बेफाईदा पुर्याउने जिव कसरी पहिचान गर्ने, जमिनलाई उत्पादन मुलक कसरी बनाउने, उत्पदन गर्ने तरिका, विउविजन, मलजल प्रयोग, प्राविधिक ज्ञान लगायतका विषयमा जानकारी गराईएको कृषि शाखा प्रमुख लेस बहादुर केशीले जानकारी दिनुभयो । आई पि एम कृषक पाठशाला कार्यक्रम अन्तगर्त कृषक दिवस समापन कार्यक्रममा बोल्दै उपप्रमुख चmपाणी अर्यालले बाणगंगा क्षेत्रलाई कृषि हबका रुपमा विकास गरिने कुरा बताउनु भयो । 

किसानहरुलाई आत्मनिर्भर बनाउने खालका विभिन्न योजना सहित काम गरिरहेको उहाँको भनाई छ । कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम भट्राई ,नागरिक समाजका अध्यक्ष  दोलख बहादुर पछाईले तालिमले अबका दिनमा बिषादी रहित तरकारी उत्पादनमा जोड दिने बताउदै स्वदेशमै आत्मनिर्भर हुने गरि बिदेशी तरीकारीलाई रोक्न ठूलो पुग्ने छ । यस्तै कार्यक्रममा कानुन कृषि सहकारीका अध्यक्ष झमन बहादुर सोमै , वडा नं ३ का सदस्य कुल बहादुर सोमै लगाएतले आआफ्नो भनाई राख्नुभएको थियो ।

महिला समूहबाट बिषादी मुक्त तरकारी सम्बन्धि चेतनामुलक गित नाटक उपस्थिती रहेको थियो  । कार्यक्रम आई पी एम कृषकक पाठशालाका अध्यक्ष हेमबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।यसैबिच बाणगंगा नगरपालिकाको कृषि शाखाको आयोजनामा  फाल्गुण २८ गतेदेखी शुरु हुने कृषि मेलाको तयारी तिब्र पारिएको छ । बाणगंगा नगरपालिका ११ हथौसामा चैत्र २ गतेसम्म चल्ने कृषि मेला प्रर्दशनीको तयारी स्वरुप प्रचार प्रसारको कामलाई तिब्र पारिएको हो । मेलामा किसानले उत्पादन गरेका  कृषि सामग्रीहरुको प्रर्दशनी गरिने छ । ७ वटा बिधामा छनौट गरि उत्कृष्ट हुने कृषकलाई पुरस्कार संगै प्रमाणपत्र वितरण गरिने जनाईएको छ । 

प्रकाशित : २७ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६