अन्तर्राष्ट्रिय

एस्ट्राजेनेकाको खोपले रगतमा कुनै समस्या देखा नपर्ने दाबी



एजेन्सी ।अक्सफोर्ड एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप लगाउँदा रगतमा कुनै समस्या देखा नपर्ने युरोपियन युनियनको नियामक निकायले दाबी गरेको छ ।यो कोरोना खोप लगाएका व्यक्तिहरुमा रगतमा धब्बाहरु देखा परेको कुरा सत्य नभएको युरोपियन सङ्घको नियामक निकायका अधिकारीहरुले बताएका छन् । यसअघि खोप लगाइसकेका मानिसको शरीरमा रहेका रगतको सानो समूहहरुमा केही असरहरु देखा परेको भनिएको थियो ।डेनमार्ग र नर्वेलगायत देशहरुमा यो खोप लगाउन रोकिएसँगै खोपबारे प्रश्न उठेको थियो ।

इटलीमा कोरोना खोप लगाएपछि ५० वर्षका एक जना व्यक्तिको ज्यान गएसँगै यो खोपको प्रभावकारिताबारे प्रश्न उठेको हो । तर पछि त्यो व्यक्तिको अरु नै रोगका कारण ज्यान गएको पुष्टि भएको स्वास्थ्य अधिकारीहरुको दाबी छ ।एस्ट्राजेनेका खोपका कारण अहिलेसम्म स्वास्थ्यमा असर गर्ने कुनै कारणहरु नभएकाले ढुक्क भएर लगाउन युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले सुझाव दिएको छ ।

प्रकाशित : २८ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६