काठमाडौं २८ फागुन । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीच भेटवार्ता हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ४ बजे हुने भेटमा सरकार गठनबारे छलफल हुने बताइएको छ ।जसपाका शीर्ष नेताहरुले बिहीबार मात्र सत्तारुढ नेकपा एमालेका नेताहरुलाई भेटेका थिए । उनीहरुले कांग्रेस र माओवादी केन्द्रसँग पनि वार्ता गर्ने निर्णय गरेका थिए ।
२८ फाल्गुन २०७७, शुक्रबार








प्रतिक्रिया