खेलकुद

दोस्रो टी-२० क्रिकेटमा भारतसँग इङ्ग्ल्याण्ड ७ विकेटले पराजित



काठमाण्डौ २ चैत्र । दोस्रो ट्वान्टी ट्वान्टी क्रिकेटमा भारतले इङ्ग्ल्याण्डलाई पराजित गरेको छ । घरेलु मैदान अहमदाबादमा गएराति भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको हो ।इङ्ग्ल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले  १३ बल बाँकी छँदै भेट्टायो । भारतका लागि इशान किशन र कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले ।

डेब्यु खेलाडी किशानले ५६ रन बनाए भने कोहलीले ७३ रनको योगदान गरे ।  यस्तै, ऋषभ पन्तले २६ रन जोडे ।  इङ्ग्ल्याण्डका लागि साम करण, क्रिस जोर्डन र आदिल राशीदले एकरएक विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । जितसँगै भारतले ५ खेलको श्रृङ्खलामा १-१ को बराबरी गरेको छ । पहिलो खेलमा इङ्ग्ल्याण्ड ८ विकेटले विजयी भएको थियो ।

प्रकाशित : २ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६