स्वास्थ्य

कोरोनाविरुद्धको खोप अपेक्षाअनुसार आयात नहुदाँ दोस्रो डोज लगाउने मिति लम्बिन सक्ने



काठमाण्डौ २ चैत्र । कोरोनाविरुद्धको खोप अपेक्षाअनुसार आयात नभएपछि दोस्रो डोज खोप लगाउने मिति लम्बिन सक्ने भएको छ ।खोप अभियानअन्तर्गत पहिलो प्राथमिकताको पहिलो चरणमा खोप लगाएकालाई दोस्रो डोज आउँदो वैशाख ७ देखि १५ भित्र लगाउने सरकारले प्रस्तावित योजना बनाए पनि त्यो प्रभावित हुने देखिएको हो ।भारतसँग खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख डोज आउन बाँकी रहेको तथा कोभ्यासमार्फत् आउने खोप  र चीनबाट अनुदानको खोप पनि अनिश्चित भएकाले दोस्रो डोज लगाउने मिति लम्बिन सक्ने सम्भावना बढेको हो ।

स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा लगाएको आठदेखि १२ हप्ताभित्र दोस्रो मात्रा लगाउन सकिने बताउँदै आएको छ । तर खोप नआउँदा अन्योल बढेको छ । सरकारले यही महिनाभित्र भारतबाट बाँकी १०  लाख डोज खोप आउने बताए पनि निश्चित मिति तोकिएको छैन । यस्तै, कोभ्यासक्समार्फतको खोपको थप १९ लाख डोज मे महिनामा भित्रने भनिए पनि मिति तोकिएको छैन ।अहिले सरकारले ६५ वर्षभन्दा माथिका समूहलाई खोप दिइरहेको छ । तेस्रो प्राथमिकतामा परेकालाई खोप लगाउन सुरु गरिएको छैन । तेस्रो प्राथमिकतामा ४० देखि ५४ वर्ष उमेर समूहका नागरिक र १५ देखि ३९ वर्षसम्मको उमेर समूह पर्नेछन् ।यसैबीच सरकारले निजी क्षेत्रलाई खोप आयातको लागि खुला गरेको छ । औषधि व्यवस्था विभागले सूचना निकालेर इच्छुक उत्पादक, कम्पनी, आयातकर्ता र बिक्रेतालाई ७ दिनभित्र आवेदन दिन भनेको छ ।  

प्रकाशित : २ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६