स्वास्थ्य

युरोपियन युनियनले अक्सफोर्ड:एस्ट्राजेनेकाको कोरोना खोप लगाउँदा रगत जम्ने समस्या छैन्



काठमाण्डौ ४ चैत्र ।  युरोपियन युनियनले अक्सफोर्ड एस्ट्राजेनेकाको कोरोना खोप लगाउँदा रगत जम्ने समस्या कुनै पनि हालतमा नरहेको र यो सुरक्षित रहेको दोहोर्‍याएको छ ।खोपका कारण रगत जम्ने समस्या हुने कुनै संकेत नरहेको भन्दै युरोपियन मेडिकल एजेन्सी (यूएमए)ले यो खोप लगाएकै कारण रगतमा खराबी आउने कुरा गलत भएको दाबी गरेको हो । युरोपमा ७० लाख व्यक्तिलाई खोप लगाउँदा ३७ जनामा रगत जम्ने समस्या देखा परेपछि केही देशहरुले यो खोप लगाउन छाडेका छन् ।खोपबारे प्रश्न उठेसँगै विश्व स्वास्थ्य संगठनका खोप सुरक्षा विशेषज्ञहरुले अक्सफोर्ड एस्ट्राजेनेका खोपबारे छलफलसमेत गरेको छ ।  विशेषज्ञ टोलीले खोपका कारण अथवा अरु कुनै कारण रगतमा समस्या हो भन्नेबारे अनुसन्धान गरिरहेको जनाएको छ । खोपबारे अध्ययनको नतिजा केही दिनमै सार्वजनिक गर्ने विशेषज्ञ टोलीको तयारी रहेको छ ।

प्रकाशित : ४ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६