सूचना र प्रविधि

पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जनसहित चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना



काठमाण्डौ ५ चैत्र । आज पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जनसहित चट्याङ्ग र हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना रहेको छ ।दिउँसो पहाडका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै दिउँसो पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बद्ली हुने र तराईका क्षेत्रमा आंशिक बद्ली रहने सम्भावना रहेको महाशाखाका मौसमविद् सजिना शाक्यले बताउनु भएको छ।अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ । अबको केही दिन मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना कायमै रहने महाशाखाले जनाएको छ ।

प्रकाशित : ५ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६