खेलकुद

नेपाल सुपर लिग एनएसएलको अक्सन सुरु



 काठमाडौँ ६चैत । नेपालको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) को अक्सन सुरु भएको छ । अक्सन सोल्टी होटलमा सुरु भएको हो । अक्सनमा कुल १४९ खेलाडी समावेश छन् । जसमध्ये ए क्याटेगोरीमा मा २८ जना, बी मा ६३ जना र सी मा ५८ जना छन् । एबाट ३ खेलाडी, बीबाट ४-६, सी बाट ५-७ जनासम्म खेलाडी अक्सनबाट लिन पाउने प्रावधान छ ।अक्सनबाट हरेक टिमले १४ खेलाडी लिन पाउँछन् । त्यसका लागि रकम १५ लाख ५० हजार लिमिटेसन रहेको छ।क्याटेगोरी ए को खेलाडीको बेस प्राईज १ लाख, अधिकतम २ लाख सम्मको बो लाग्नेछ ।

क्याटेगोरी बी को खेलाडीको बेस प्राइज ५० हजार, अधिकतम १ लाख २० हजार सम्मको बोली लाग्नेछ ।क्याटेगोरी सी को खेलाडीको बेस प्राइज २० हजार, अधिकतम ७५ हजारसम्मको बो लाग्नेछ । ए क्याटेगोरीमा रहेका तेज तामाङलाई ६ टिमले अधिकतम २ लाख सम्मको बोली लगाएका थिए । लक्की ड्र बाट काठमाडौंले तेजलाई लिन सफल भयो।नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने एलएसएलमा ७ फ्रेन्चाईज टिमले प्रतिस्पर्धा गर्नेछन् । एनएसएल वैशाख ११ देखि २५ सम्म दशरथ रंगशालमा हुनेछ ।

प्रकाशित : ६ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६