प्रदेश

अमेरिकी रक्षा मन्त्रीअस्टिनद्धारा अफगानिस्तानको भ्रमण



काठमाण्डौ ९ चैत्र । अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले अचानक अफगानिस्तानको भ्रमण गर्नुभएको छ । उहाँले अनौपचारिकरूपमा अफगानिस्तानको भ्रमण गर्नुभएको पेन्टागनलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।अफगानिस्तानबाट अमेरिकी सेना फर्किने मिति नजिकिँदै गर्दा भएको अमेरिकी रक्षामन्त्रीको  भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अमेरिकाले गएको वर्ष अफगानिस्तानको तालिवान विद्रोहीसँग गरेको सहमति अनुसार यसै वर्षको मेमा सबै अमेरिकी सेनालाई फिर्ता गर्नुपर्नेछ ।

सेना फिर्ताको तयारीस्वरूप रक्षामन्त्री अस्टिनले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसहित उच्च अधिकारीसँग भेटवार्ता गरेको खबरमा उल्लेख छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भने अघिल्लो सरकारले गरेको सहमति मिति मे १ मा नै सबै अमेरिकी सैनिक फिर्ता गर्न कठिन हुने बताउँदै आउनुभएको छ । रक्षामन्त्री अस्टिनले यसै हप्ता जापान, भारतलगायतका एसियाली देशको भ्रमण गरिसक्नुभएको छ ।

प्रकाशित : ९ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६