सूचना र प्रविधि

आज पनि मौसम बदली ,पहाडी भू–भागका केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षा हुने



काठमाडौं १० चैत्र । आज पनि मौसम बदली भएको छ । स्थानीयसँगै पश्चिमी वायुको प्रभावले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज देशको पहाडी भूभागमा आंशिदेखि सामान्य बदली भएकोले केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ ।आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन\चट्टयाङ्गसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ । यो क्रम बिहीबारसम्मै कायम हुनेछ ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पनि केही ठाउँमा मेघगर्जन\चट्टयाङ्गसहित वर्षा हुने सम्भावना भएकोले सतर्क रहनसमेत महाशाखाले सूचित गरेको छ ।

प्रकाशित : १० चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६