सूचना र प्रविधि

मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना



काठमाण्डौ ११ चैत्र । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक\दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।यी क्षेत्रमा आवस्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली रहेको र बाँकी ठाउँको मौसम सफा रहेको महाशाखाले जनाएको छ । अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत प्रभाव रहेको छ ।यस्तै आज राति पहाडी क्षेत्रको मौसम आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी ठाउँको मौसम आंशिक बद्ली रहने महाशाखाले जनाएको छ । देशको पहाडी क्षेत्रको एक वा दुई ठाउँमा मेघ गर्जन र चट्टयाङ्गसहित पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविदले बताएका छन् ।

प्रकाशित : ११ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६