खेलकुद

जिल्लास्तरीय प्रथम खुल्ला च्याम्पेन्सिप डोरीतान प्रतियोगिता हुने



 कपिलवस्तु १२ चैत्र ।राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भन्ने मुल नाराका साथ कपिलवस्तुमा जिल्लस्तरिय  प्रथम खुल्ला च्याम्पेन्सिप डोरीतान प्रतियोगिता हुने भएको छ ।नेपाल डोरितान सघ जिल्ला कार्यसमिती कपिलवस्तुको आयोजनामा चैत्र २४ गते सो प्रतियोगिता हुनेभएको छ। जिल्लास्तरिय  खेल बुद्दभुमी नगरपालिकाको खेल मैदनमा हुने छ ।   आज बुद्दभुमी नगरपालिका वर्डा न दुई स्थित लुम्बिनी होटेलमा पत्रकार सम्मेन गरि अध्यक्ष  मिनराज बेल्वासेले जानकारी दिनुभएको हो।  प्रतियोगितामा प्रथम हुने टोलि  चैत्र २७,२८,२९ मा सुनसरिमा हुने अन्तराष्टीय खेलमा नेपालको प्रतिनिधित्व गर्ने छन ।सुनसरिमा हुने प्रतियोगितामा  नेपाल, भारत, भुटान, श्रीलंका, अफगानस्थान लगायतका देश बिच प्रतिस्प्रधा हुने छ ।

सो प्रतियोगिमामा सहभागीहूनका लागी यहि चैत २४ गते ६०० केजी समुह पुरुष र ४८० केजी समुह महिलाको जिल्ला स्तरीय प्रतियोगिता हुने र सो प्रतियोगिता वाट विजयी टिम ने्पालको तर्फवाट अन्तराष्टिय डोरीतान खेलमा सहभागि हुने छन । जिल्लामा हुने प्रतियोगितामा उत्कृटलाइउ प्रमाण पत्र, ट्रफी, मेडल, शिल्ड सहित सम्मान गरिने छ । जिल्लाका १० वटै स्थानिय तहबाट  २० टिम खेलाडिको सहभागिता रहने छ  । यस वर्ष विजेता भएको पालिकामा आगामी प्रतियोगिताको  आयोजना हुने आयोजकले बताएको छ । कार्यक्रमका लागि बुद्दभुमी नगरपालिका । वैक र विभिन्न उधोगले सहयोग गर्ने प्रतिवद्दता जनाएका छन । आयोजित पत्रकार सम्मेलनमा प्रमुख अथिती आशनबाट बोल्दै बुद्दभुमी नगरपालिकाला नगरप्रमुख  केशव कुमार श्रेष्ठले सधैव सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको छ । 

प्रकाशित : १२ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६